व्याख्यात्मक घोषणा केही होइन भन्नु अज्ञानीहरूको कुरा होः अध्यक्ष नेपाल
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्टसँग अनुमोदन भएको व्याख्यात्मक घोषणा कानूनसम्मत भएको र यसले अन्तराष्ट्रिय मान्यता प्राप्त गर्ने बताएका छन्।
काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले व्याख्यात्मक घोषणाले एमसीसीबारेको भ्रम चिर्ने काम गरेको समेत बताए।
“व्याख्यात्मक घोषणा केही पनि होइन भन्ने अन्तर्राष्ट्रिय सन्धि सम्बन्धी ज्ञान नभएका अज्ञानीहरूको कुरा मात्र हो,” पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, “मन्त्रिपरिषद् बैठकले पारित गरेर संसद्बाट अनुमोदन भएको व्याख्यात्मक घोषणा अमेरिका र चीन दुवैले सकारात्मक ‘रेस्पोन्स’ गरेपछि आएको हो।”
व्याख्यात्मक घोषणाले कुनै पनि सन्धि नेपालको संविधान भन्दामाथि हुन सक्दैन भन्ने स्पष्ट पारेको उनले बताए।