राप्रपा नेपालको प्रवक्ता सहित ६ पदाधिकारी नियुक्त
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापाले ६ पदाधिकारी नियुक्त गरेका छन्।
अध्यक्ष थापाले कोषाध्यक्षमा चन्द्रबहादुर गुरुङ (काठमाडौं), प्रवक्तामा वसन्तसिंह अधिकारी (संखुवासभा) र सुरेश आचार्य (ललितपुर) लाई नियुक्त गरेका हुन्।
त्यस्तै, हिक्कमबहादुर ढकाल (बाँके), तेजकुमार नेम्वाङ (पाँचथर) र आइतराम तामाङ (मकवानपुर) लाई सहमन्त्री नियुक्त गरेका छन्।
थापाले राप्रपा छाडेर राप्रपा नेपाल ब्युँताएका हुन्।