युक्रेनका नेपालीलाई स्वदेश फर्कन परराष्ट्र मन्त्रालयको आग्रह
परराष्ट्र मन्त्रालयले युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्कन र तत्काल युक्रेन भ्रमणमा नजान आग्रह गरेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्य घोषणापछि बढेको सङ्कटलाई ध्यानमा राखेर मन्त्रालयले यस्तो आग्रह गरेको हो।
“अति आवश्यक परी त्यही बस्नुपरेमा बाहेक उपलब्ध व्यावसायिक उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दछ,” बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “अति आवश्यक परेको अवस्थामा बाहेक हाललाई युक्रेन भ्रमण स्थगित गर्न अनुरोध गरिन्छ।”
बर्लिनस्थित दूतावासमा सम्पर्कमा आएका ३८ जना नेपाली सकुशल रहेको पनि मन्त्रालयले जनाएको छ।