राप्ती स्वास्थ्य प्रतिष्ठानको उपकुलपतिमा विकास लामिछाने
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन्।
मन्त्रिपरिषद् बैठकले डा. लामिछानेलाई उपकुलपति नियुक्त गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले बताए।
प्रतिष्ठानको उपकुलपतिका लागि डा. लामिछानेसँगै डा. रामेश कोइराला र डा. ऋषिकेशनारायण श्रेष्ठको नाम सिफारिश भएको थियो। उनीहरूमध्ये मन्त्रिपरिषद्को बैठकले डा. लामिछानेलाई नियुक्त गरेको हो।
स्वास्थ्य मन्त्री विरोध खतिवडाको नेतृत्वमा छनोट समिति बनेको थियो। समितिमा स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल र नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला सदस्य थिए।
समितिले तीन जनाको नाम सिफारिश गरेको थियो। प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका थिए।