केन्टका गिजर नेपाली बजारमा
![केन्टका गिजर नेपाली बजारमा](https://www.himalkhabar.com/uploads/posts/800X600/KENT_GEYSER-COLLAGE_1643005285.jpg)
ईओएल प्रालिले जाडो मौसमलाई मध्यनजर गर्दै केन्टका ग्यास तथा इलेक्ट्रिक गिजर नेपाली बजारमा ल्याएको छ।
ग्यास गिजरमा एनथियस प्लस रहेको छ। यसको मूल्य रु.८,६२० रहेको कम्पनीले जनाएको छ।
इलेक्ट्रिक गिजरमा अस्ट्रल प्लस १०, अस्ट्रल प्लस १५, अस्ट्रल प्राइम १५, अस्ट्रल प्लस ३०, अस्ट्रल प्राइम ३०, ग्रान्ड १०, ग्रान्ड १५, ग्रान्ड ३०, ग्रान्ड स्टार १५ र ग्रान्ड स्टार ३० उपलब्ध छन्। यीमध्ये अस्ट्रल प्राइम १५, अस्ट्रल प्राइम ३०, ग्रान्ड स्टार १५ र ग्रान्ड स्टार ३० मोडलमा रिमोट कन्ट्रोल उपलब्ध छ।
नेपाली बजारमा केन्टका गिजर ६ देखि ३० लिटरसम्म उपलब्ध रहेको कम्पनीले जनाएको छ। इलेक्ट्रिक गिजर रु.११,७६० देखि रु.१९,३३० सम्म रहेको छ।