मन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग
गौर नरसंहार दोहोर्याउने धम्की दिएकी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई तत्काल पदबाट बर्खास्त गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ।
समाजका सभापति गोविन्द खनालले आइतबार प्रेस विज्ञप्ति जारी गरी मन्त्री यादवलाई पदमुक्त गर्न माग गरेका हुन्। ५ माघमा रौतहटको गौरमा यादवले दिएको आपत्तिजनक अभिव्यक्ति मन्त्री पदको गरिमा विपरीत हुनुका साथै लोकतान्त्रिक मर्यादाको खिलाफ रहेको समाजको निष्कर्ष छ।
“आपराधिक मार्गलाई बढावा दिने गरी अभिव्यक्ति दिने मन्त्री रेणु यादवलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ,” विज्ञप्तिमा भनिएको छ।