काठमाडौंसँगै पाँच जिल्लामा उच्च संक्रमण
![काठमाडौंसँगै पाँच जिल्लामा उच्च संक्रमण](https://www.himalkhabar.com/uploads/posts/800X600/covid-protocol_1627016944.jpg)
काठमाडौंसँगै देशका पाँच जिल्लामा कोरोनाभाइरसको उच्च संक्रमण देखिएको छ।
आज देशभर संक्रमण पुष्टि भएकामध्ये पाँच जिल्लामा सबैभन्दा बढी संक्रमित देखिएका छन्। आइतबार देशभर थपिएका ११६७ संक्रमितमध्ये काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ र कास्कीमा ६९० जना छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा बढी काठमाडौंमा ४९१ जनामा कोरोना देखिएको छ। त्यसपछि ललितपुरमा ९९ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै मोरङमा ५१, भक्तपुरमा २५ र कास्कीमा २४ जनामा कोरोना देखिएको छ। त्यसपछि रुपन्देहीमा ११ जनामा संक्रमण देखिएको छ भने अन्य जिल्लामा न्यून छ।
त्यस्तै, सक्रिय संक्रमितको संख्या पनि बढेर ६ हजार ७५५ पुगेको छ। जसमध्ये काठमाडौंमा दुई हजार ९०, ललितपुरमा ८०३ र भक्तपुरमा ५८८ जना रहेका छन्।