डा.गोविन्द केसीले २२औं दिनमा अनसन तोडे
चिकित्सा क्षेत्रका विकृति अन्त्यका लागि अनसनरत डा.गोविन्द केसीले २२औं दिनमा अनसन तोडेका छन् । १९ मंसिर बिहान साढे दुई वर्षे बालक मर्साङ तमाङको हातबाट जुस पिउदै अनसन तोडेका हुन ।
डा.केसी र सरकारबीच १२ बुदे सम्झौता भएको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा वरिष्ठताका आधारमा डीन नियुक्तिसहित १० बुँदे माग राखेर डाकेसी अनसनमा बसेका थिए ।
डा. केसीको माग अनुसार डीन केपी सिंहले राजीनामा दिएका छन् । त्यस्तै नयाँ डीनमा वरिष्ठताका आधारमा जेपी अग्रवाल नियुक्त भएका छन् । आज भएको सहमति अनुसार चिकित्सा ऐन कार्यान्वयन नभएसम्म नयाँ मेडिकल कलेजलाई अनुमति दिइने छैन ।
त्यस्तै त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाको बर्खास्तिको मागमा अध्ययन गर्न उच्च स्तरीय समिति गठन गरिएको छ । शिक्षाविद केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिले अध्ययन गर्ने छ ।