आरजु देउवा सहित यी हुन् महिलातर्फ निर्वाचित ९ केन्द्रीय सदस्य
नेपाली कांग्रेसको खुला महिलातर्फबाट आरजु राणा देउवा सहित नौ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, राणा तेस्रो नम्बरमा रहँदै केन्द्रीय सदस्य निर्वाचित भएकी छन्। उनले २५३६ मत पाएकी छन्। उनी प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी हुन्।
खुला महिलातर्फको चुनावमा डिला संग्रौला सबैभन्दा बढी मत पाएर केन्द्रीय सदस्य बनेकी छन्। उनले २८८५ मत पाएकी छन्।
त्यस्तै, पुष्पा भुसाल २७१८, अम्बिका बस्नेत २३३९, ईश्वरी न्यौपाने २२५९, सरिता प्रसाईं २०९६, रमा कोइराला पौडेल १८५८, सुशीला ढकाल आचार्य १८०४ र रंगमती शाही १७८९ मत प्राप्त गरेर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
कांग्रेसमा खुला महिलातर्फको नौ केन्द्रीय सदस्यमा ३० जनाले प्रतिस्पर्धा गरेका थिए। कांग्रेसको खुलातर्फबाट निर्वाचित ३५ केन्द्रीय सदस्यमा भने सबै पुरुष छन्।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पदाधिकारी, खुला र महिलातर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ। अब विभिन्न क्लस्टर अन्तर्गतका केन्द्रीय सदस्यको मतगणना गर्न बाँकी छ।
खुला महिलातर्फ केन्द्रीय सदस्यका उम्मेदवारले पाएको मत: