मधेशीतर्फ सहमहामन्त्रीमा २०२५ मत गन्दा महेन्द्र यादव अगाडि
नेपाली कांग्रेसको सहमहामन्त्रीमा मधेशीतर्फ २०२५ मतगणना हुँदा महेन्द्र यादव २७० मतले अगाडि छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार, उनले १००६ मत पाएका छन्। अर्का उम्मेदवार रामकृष्ण यादवले ७३६ मत पाएका छन्।
त्यस्तै, रञ्जित कर्णले २५८ मत पाएका छन्। उनले अन्तिम आएर महेन्द्रलाई समर्थन जनाएका थिए।
कांग्रेसका आठ सहमहामन्त्रीमध्ये तीन वटाको बिहीबार मतगणना गरिएको थियो भने पाँच वटाको आज चलिरहेको छ। आज खस-आर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रको क्लस्टरमा मतगणना भइरहेको छ।