‘होण्डाको साथ ७’ योजनाका विजेता घोषणा
नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दशैं तथा तिहार स्किम ‘होण्डाको साथ ७’ का विजेता घोषणा गरेको छ।
यस योजनामा स्क्र्याच कुपन मार्फत ७ प्रदेशबाट ७ जनाले रु.१ लाख नगद उपहार तथा बम्परमा १ जनाले रु.१५ लाख नगद उपहार प्राप्त गरेका छन्।
त्यसमध्ये लुम्बिनी प्रदेशबाट सावित्रा श्रेष्ठले बम्पर उपहार जितेकी छन्। योजना अन्तर्गत, कम्पनीले होण्डा खरीद गर्ने सम्पूर्ण ग्राहकले ७ वर्षका लागि स्पेयर पार्टस्मा ७ प्रतिशत छूट, ७ वर्षसम्मका लागि ९ वटा बोनस सर्भिस कुपन प्राप्त गरेकाे कम्पनीले जनाएको छ।
त्यसै गरी होण्डा बिगबाइकको खरीद गर्ने सबैले रु.४० हजारसम्म क्यास ब्याक प्राप्त गरेका छन्।