यी हुन् डा. कोइराला टिमका १२ उम्मेदवार
![यी हुन् डा. कोइराला टिमका १२ उम्मेदवार](https://www.himalkhabar.com/uploads/posts/800X600/shekhar_1639234566.png)
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा डा. शेखर कोइरालाले आफ्नो टिम सहित सभापतिमा उम्मेदवारी दिएका छन्।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिस्पर्धा नगर्ने घोषणा गरेपछि डा. कोइराला आफ्नो टिम सहित उम्मेदवार बनेका हुन्। उनलाई महामन्त्री डा. शशांक कोइरालाले पनि समर्थन जनाएका छन्।
उनले उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारीलाई छानेका छन्। यसअघि गुरुङ र भण्डारी केन्द्रीय सदस्य थिए।
त्यस्तै, डा. कोइरालाको टिमबाट मिनेन्द्र रिजाल र गगन थापा महामन्त्रीको उम्मेदवार बनेका छन्। यसअघि रिजाल सहमहामन्त्री थिए भने थापा केन्द्रीय सदस्य थिए। उनी १३औं महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको टिमबाट महामन्त्रीको उम्मेदवार बनेका थिए। यसपटक भने उनी सिटौलालाई छोडेर डा. कोइराला टिमबाट महामन्त्रीको उम्मेदवार बनेका हुन्।
डा.कोइरालाको टिमबाट सहमहामन्त्रीमा महिलातर्फ कमला पन्त, खस आर्यतर्फ देवराज चालिसे, पीछडिएको क्षेत्रतर्फ बन्द्र पाण्डे, दलिततर्फ जीवन परियार, आदिवासी जनजातीतर्फ विकास लामा, मधेशीतर्फ रामकृष्ण यादव, थारुतर्फ तेजुलाल चौधरी र मुस्लिमतर्फ शेख वकिल उम्मेदवार बनेका छन्।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार २६ मंसीरसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। त्यसपछि २७ मंसीर बिहान ८ बजेदेखि मतदान हुनेछ।