राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त
![राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त](https://www.himalkhabar.com/uploads/posts/800X600/Pubudu-Dassanayake-1_1639198640.jpg)
राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दासानायके नियुक्त भएका छन्।
आज बिहान बसेको नेपाल क्रिकेटठ संघ (क्यान)को बैठकले दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको हो। क्यानको प्रशिक्षक छनोट समितिले दासानायकेलाई मुख्य प्रशिक्षक नियुक्त गर्न सिफारिश गरेको थियो।
समितिको सिफारिश अनुसार बोर्ड बैठकले उनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको क्यानले जनाएको छ।
उनी दोस्रो पटक नेपाली टोलीको प्रशिक्षक नियुक्त भएका हुन्। यसअघि सन् २०११ मा प्रशिक्षक नियुक्त भएका थिए। दुई वर्ष प्रशिक्षक नेपाली राष्ट्रिय टोली सम्हालेका उनले सन् २०१५ मा राजीनामा दिएका थिए।
क्यान निलम्बनमा परेपछि पनि उनले नेपाल राष्ट्रिय टोलीलाई हेरेका थिए। सन् २०१७ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अनुरोधमा नेपाली टोलीको कन्सल्ट्यान्ट प्रशिक्षक भएर काम गरेका थिए।
५१ वर्षीय दासानायके श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडी हुन्। उनले सन् १९९३ देखि १९९४ सम्म श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका थिए। त्यसपछि उनले सन् २००५ देखि २००६ सम्म क्याडनाबाट खेलेका थिए।