बुटवलमा शाओमीको स्टोर
![बुटवलमा शाओमीको स्टोर](https://www.himalkhabar.com/uploads/posts/800X600/Xiaomi_Butwal_Showroom_1_1638524066.jpg)
शाओमीले रूपन्देहीको बुटवलमा आफ्नो आधिकारिक स्टोरको शुरूआत गरेको छ।
बुटवलको बीपी चोकमा शुरू भएको स्टोरमा मी ब्रान्डको मोबाइलका साथै एसिसरिज् सुपथ मूल्यमा उपलब्ध हुनेछन्।
नयाँ स्टोरले मी मोबाइलको व्यवसाय र ब्रान्ड विस्तारमा सघाउ पुर्याउने शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले बताए। उनले भने, “नयाँ स्टोरले मोबाइल खरीदमा नवीन अनुभव दिनेछ।”
ग्राहकको रोजाइमा पर्दै गएपछि शाओमीले खुद्रा तथा थोक स्टोर विस्तारलाई देशव्यापी बनाउँदै लगेको छ।