सन्राइज ब्यांकका ग्राहकलाई केएफसी र पिज्जा हटमा छूट
सन्राइज ब्यांक लिमिटेड र देबयानी इन्टरनेशनल (नेपाल) प्रालिबीच छूट सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा ब्यांकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनलका नायब महाप्रबन्धक ऋतुराज शाहले हस्ताक्षर गरेका छन्।
सम्झौता अनुसार, ब्यांकका ग्राहकले केएफसी र पिज्जा हटको खाना र बेभरेजमा ५ प्रतिशत छूट पाउनेछन्। छूट पाउन ग्राहकले ब्यांकको क्रेडिट र डेबिट कार्ड मार्फत भुक्तानी गर्नुपर्नेछ।