एमाले अध्यक्ष ओलीले बोलाए स्थायी कमिटी बैठक
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।
अध्यक्ष ओलीले बिहीबार अपराह्न ३ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाएका हुन्। विधान महाधिवेशनको समीक्षा गर्न स्थायी कमिटी बैठक बस्न लागेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
उनका अनुसार, बैठकमा स्थानीय अधिवेशनको विषयमा पनि छलफल हुने भएको छ। वडा तथा स्थानीय तहको अधिवेशन र राष्ट्रिय महाधिवेशनका विषयमा छलफल हुने उनले बताए।
यससँगै केही दिनदेखि भइरहेको वर्षाका कारण बाढी र पहिरोले गरेको जनधनको क्षतिको विषय पनि बैठकको अजेन्डा रहेको छ।