टाटा मोटर्सका चार भाग्यशाली विजेता घोषणा
टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले दशैंका अवसरमा ल्याएको ‘यसपाली जाँदैन हात खाली’ योजना अन्तर्गत भाग्यशाली विजेता घोषणा गरेको छ।
हरेक हप्ता बुकिङ गर्ने ग्राहकमध्ये एक जनालाई लक्की ड्र मार्फत् ४० इन्चको स्मार्ट टीभी प्रदान गर्ने योजना अन्तर्गत चार भाग्यशाली विजेता घोषणा गरेको हो।
दिलबहादुर थापा (ट्रक-टिपर), चौधरी ट्रेडर्स (पिकअप), आरके स्टील फर्निचर उद्योग (कार्गो) र श्री कृष्ण दूध संकलन तथा बिक्री फर्म (सानो ट्रक-टिपर) विजयी भएका हुन्।
अफर अफर सार्वजनिक भएको पहिलो साता १९७ वटा, दोस्रो साता ३६९ वटा, तेस्रो साता २२२ र चौथो सातामा ५६० वटा बुकिङ भएको कम्पनीले जनाएको छ।
१४ असोजबाट शुरू भएको यो योजना २५ असोजसम्म लागू हुने कम्पनीले जनाएको छ।