टाटा कमर्सियल गाडीका लागि शुभकामना सर्भिस क्याम्प
दशैंको अवसरमा टाटा मोटर्सले शुभकामना सर्भिस क्याम्प आयोजना गरेको छ।
४ असोजमा शुरू भएको योजना २० असोजसम्म चल्ने टाटाले जनाएको छ। सर्भिस क्याम्प सिप्रदीका ५२ वटा सर्भिस सेन्टरमा एकैसाथ आयोजना भइरहेको छ। क्याम्प टाटा कमर्सियल गाडीमा लक्षित रहेको कम्पनीले जनाएको छ।
सर्भिस क्याम्प अवधिभर टाटा जेन्यूइन स्पेयर पार्टस्मा १० प्रतिशत छूट, ब्रेक आइटममा १५ प्रतिशत छूट, लुब्रिकेन्टस्मा १५ प्रतिशत छुट दिइएको छ।
त्यस्तै, हाइड्रोलिक आयल, ब्रेक आयल, क्लच आयल, कुलेन्ट तथा डीइएफमा २० प्रतिशत र एक्साइड ब्याट्रीमा पनि २० प्रतिशत छूट दिइएको टाटाको भनाइ छ।
यसको साथै क्याम्पमा टाटा गाडी सम्बन्धी अनलाइन परामर्श, चालक प्रशिक्षण कार्यक्रम पनि छ। क्याम्पमा सहभागी ग्राहकले बम्पर पुरस्कारमा स्मार्ट मोबाइल, स्मार्ट टिभी, फ्रिज, वाशिङ मेसिन आदि जित्ने सक्नेछन्।