इटालीले ५३ वर्षपछि जित्याे यूराे कप
इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा हराउँदै इटालीले यूरो कपको उपाधि जितेको छ।
गएराति भएको खेलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गरेको हो। योसँगै इटालीले ५३ वर्षपछि यूरो कपको उपाधि भित्र्याएको हो। यसअघि सन् १९६८ मा उसले यूरो कप जितेको थियो।
लन्डनस्थित वेम्बली रंगशालामा इंग्ल्यान्डले खेलको दुई मिनेटमै गोल गरेको थियो। इंग्ल्यान्डका लागि लुक शले गोल गरेका थिए।
त्यसपछि दोस्रो हाफमा इटालीले बराबरी गरेको थियो। इटालीका लागि खेलको ६७औं मिनेटमा लियोनार्दो बोनुचीले गोल गरेका थिए।
निर्धारित समयमा खेल बराबरी भएपछि टाइब्रेकरमा इटालीले जितेको हो। इटालीका लागि गोलकिपर जियानलुइजी डोनारुमा नायक बने । उनले इंग्ल्यान्डका दुई पेनाल्टी रोके।
इटालीका लागि डोमेनिको बेरार्डी, लियोनार्दोे बोनुची र फेडेरिको बेरान्डेस्कीले गोल गरे भने आन्द्रे बेलोटी र जर्जिन्होको प्रहार इंग्ल्यान्डका किपर जोर्डन प्लिकफर्डले रोकेका थिए।
त्यस्तै, इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन र ह्यारी मग्वायरले गोल गरे। इंग्ल्यान्डका सान्चो र साकाको प्रहार इटालीका किपर डोनारुमाले रोके भने मार्कस रास्फोर्डको प्रहार पोस्टमा लागेको थियो।
इटालीलाई उपाधि दिलाउने गोलपिकर डोनारुमा यूरो कपको सर्वोत्कृष्ट खेलाडी बने। उनले प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गरेका थिए।
त्यस्तै, पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले गोल्डेन बुट पाए। उनले प्रतियोगितामा पाँच गोल गरेका थिए।
उनीसँगै चेक रिपब्लिकका प्याट्रिक सिकले पनि पाँच गोल गरेका थिए। सिकले पाँच खेलमा र रोनाल्डोले चार खेलमा पाँच गोल गरेका हुन्। कम खेलमा पाँच गोल गरेका रोनाल्डोले गोल्डेन बुट पाए।