उपाधिका लागि अर्जेन्टिना र ब्राजिल भिड्दै
कोपा अमेरिका फूटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र ब्राजिल भिड्न लागेका छन्।
नेपाली समय अनुसार, सोमबार बिहान ५:४५ बजे अर्जेन्टिना र ब्राजिलको खेल हुनेछ। ब्राजिलको रियो द जेनेरियो शहरस्थित म्याराकाना रंगशालामा कोपा अमेरिकाको फाइनल खेल हुन लागेकाे हो।
कोलम्बियालाई ‘टाइब्रेकर’मा ३-२ ले पराजित गर्दै अर्जेन्टिना फाइलनमा प्रवेश गरेको हो। यसअघि क्वार्टरफाइनलमा इक्वेडरलाई ३-० ले पराजित गरेको थियो।
त्यस्तै, सेमिफाइनलमा पेरुलाई १-० ले पराजित गरी ब्राजिल फाइनलमा प्रवेश गरेको हो। क्वार्टरफाइनलमा चिलीलाई पनि १-० ले नै पराजित गरेको थियो।
कोपा अमेरिकाको फाइलनमा सबैको नजर अर्जेन्टिनाका लियोनल मेसी र ब्राजिलका नेयमारमाथि हुनेछ। यो प्रतियोगितामा नेयमारले खासै गोल गर्न सकेका छैनन् भने मेसीले सबैभन्दा बढी गोल गरेका छन्।
प्रतियोगितामा सबैभन्दा बढी मेसी र कोलम्बियाका लुइस डियाजले चार-चार गोल गरेका छन्। नेयमारले भने दुई गोल मात्रै गरेका छन्।
यो प्रतियोगितामा गोलका ‘एसिस्ट’ गर्नेमा मेसी नै अगाडि छन्। उनले पाँच गोल गर्न सघाएका छन्। त्यस्तै, नेयमारले चार गोल गर्न सघाएका छन्।