गोंगबु हत्याकाण्डः यसरी गरिन् कल्पनाले कृष्णबहादुरको हत्या (फैसलाको पूर्णपाठसहित)
![गोंगबु हत्याकाण्डः यसरी गरिन् कल्पनाले कृष्णबहादुरको हत्या (फैसलाको पूर्णपाठसहित)](https://www.himalkhabar.com/uploads/posts/800X600/ggggg_1625846552.jpg)
२५ साउन २०७७ मा काठमाडौंको गोंगबुमा टाउको विनाको शव भेटिएको घटना सम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेन्द्र भण्डारीको एकल इजलासले मृतक कृष्णबहादुर बोहराले पठाएको रू. ४ लाख ८३ हजार ८०० फिर्ता गर्न नपरोस् भनेर कल्पना मुडभरीले हत्या गरेको ठहर गरेको हो।
दाङ स्थायी घर भएका बोहराको शव गोंगबु गणेशस्थान नजिक सुटकेसमा फेला परेको थियो भने टाउको केही पर अर्को झोलामा भेटिएको थियो।
घटनामा संलग्न भएको अभियोगमा टोखा नगरपालिका–१० मा डेरा गरी बस्ने चितवन, शक्तिखोरकी मुडभरीलाई दुई दिनपछि प्रहरीले पक्राउ गरेको थियो।
‘मृतक कृष्णबहादुर बोहराबाट पटक–पटक गरी लिएको ४ लाख ८३ हजार ८०० रुपैयाँ लिई निजलाई तिर्न बुझाउन नपरोस् भनी दहीमा ५ वटा ट्याबलेट मृतकलाई खुलाई भोड्का समेत दिई लठ्ठ भएका मृतकलाई प्रतिवादीले ह्याम्मरले ४–५ पटक अण्डकोषमा प्रहार गरी घाँटीमा सलले बेस्सरी कसी मासु काट्ने दाउले घाँटी रेटी टाउको शरीरबाट छुट्याएर, खुट्टाको घुँडा भन्दामाथिको भाग दाउले प्रहार गरेर अलग गरी टाउको, दुई वटा खुट्टा तथा शरीर झोला र सुटकेसमा फाली चितवन गएको मिसिलमा संलग्न कागजातबाट खुल्न आएको’ फैसलामा उल्लेख छ।
अभियुक्त मुडभरीले बोहरालाई क्रूर र निर्ममतापूर्वक हत्या गरेको ठहर गर्दै जिल्ला अदालतले गत फागुनमै उनलाई जन्मकैदको सजाय सुनाएको थियो। मुलुकी अपराध संहिता, २०७४ को दफा ४२ मा जन्मकैदमा २५ वर्ष कैद सजाय हुने व्यवस्था छ।
तर, बोहराको हत्या गर्दा मुडभरीमा मानवीय संवेदनाको कुनै अंश नरहेको भन्दै अदालतले अपराध संहिता, दफा ४१ अनुसारको सजाय तोकेको हो। दफा ४१ अनुसार, यस्तो अपराधमा कसूरदार जीवित रहेसम्म कैद बस्नुपर्नेछ।
मुडभरीको नाममा कुनै सम्पत्ति नभएको भन्दै मृतकको हकवालालाई पीडित राहत कोषबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसलामा उल्लेख छ। शव व्यवस्थापनमा सहयोग गरेको आरोप लागेकी प्रतिवादीकी छोरीले भने अदालतबाट सफाइ पाएकी छन्।
प्रहरी समक्ष मुडभरीको बयान– यसरी गरेँ हत्या
मैले सामाजिक सञ्जाल फेसबूकमा कल्पना पौडेल नामको आईडी चलाउने क्रममा विगत ४/५ वर्षदेखि कृष्णबहादुर बोहरासँग फेसबूकमा चिनजान भएको हो। शुरूमा दुवै जनाबीच मेसेन्जरमा कुराकानी गर्ने क्रममा परिचय भएको थियो। शुरूमा कुरा गर्दा निजले आफू साउदी भन्ने मुलुकमा रहेको बताएका थिए।
यकिन मिति त थाहा भएन, उनले मलाई गोंगबुमा रहेको थकाली होटलमा बिहान अन्दाजी ११ बजेतिर भेट्न बोलाए। मैले भेटें। मैले पति अफगानिस्तानमा हुनुहुन्छ भनें। उनीसँगै खाना खाएर साढे १२ः३० बजे होटलबाट कोठा फर्किएँ।
सामाजिक सञ्जाल ‘इमो’मा पनि उनीसँग कुराकानी हुने गरेको थियो। कुराकानीका क्रममा बोहराले आफ्ना श्रीमतीहरूले धोका दिएको, विदेशमा कमाएको रकम समेत श्रीमतीले हिनामिना गरेको भन्ने घरायसी कुरा गर्दै आएका थिए।
... राति अन्दाजी २२ः०० बजे टाउको र खुट्टा भएको जेब्रा झोला नवज्योति मार्गमा रहेको खाली जमीनमा फ्याँकी कोठा फिर्ता आएँ। कोठामा केही छिन बसेपछि बाँकी रहेको भोड्का ग्लासमा हालेर खाएँ।
बोहराले एक वर्ष अगाडि ‘घर गयो भने बिहे गर भन्छन्, म मेरो बाबुसँग बोल्न दिन्छु’ भनी बोल्न समेत दिएर ‘तिमी र म राम्रो साथी बन्नुपर्छ’ भन्दै आएका थिए। ‘तिमी बिहे गर्दिनौ, मेरो पनि कोही छैन मसँग बिहे गर्ने हो’ भनिरहन्थे।
मैले ‘सरी ल’ र ‘डिठ्ठा साप’ टेलिसिरियलमा अभिनय गरेकी थिएँ। टेलिसिरियलको भिडिओ हेरेपछि मेरै सुटिङको फोटो राखेर फेसबूकमा ‘कल्पना शाही’ भन्ने फेक आईडी बनाएर मेरा फोटोहरू अपलोड गर्ने, मेरो चिनेजानेका साथीहरूलाई केटी बनेर मेसेज गर्ने गरेको मैले थाहा पाएँ। किन यसो गरेको भन्दा उनले ‘मेरो मर्जी हो, आफूखुशी गर्छु’ भन्दै आएका थिए।
करीब ६–७ महीना अगाडिदेखि उनले मलाई विभिन्न होटलमा बोलाई भेट्ने गरेका थिए।
उनले ममाथि नराम्रो नजरले हेर्न थाले। दिन–प्रतिदिन रिस उठ्न थालेको थियो। निजबाट कसरी छुटकारा लिन सकिन्छ भन्ने सोचाइमा थिएँ।
छोरा, छोरी र म २०७२ सालदेखि नवज्योति मार्गमा रहेको किरण बस्नेतको घरमा बस्दै आएका थियौं।
२४ साउनमा अन्दाजी साढे ४ बजे बोहरा हातमा भोड्काको बोतल लिएर मेरो कोठामा आए। म किचनमा कुखुराको मासु पकाउँदै थिएँ। छोरा र छोरी आफ्नै एट्याच बाथरुम भएको कोठामा गफगाफ गर्दै थिए। बोहरा त्यही कोठाभित्र पसेर भोड्का ग्लासमा हाली पिउन थाले। चिप्स, काँक्रो पनि साथै लिएर आएका थिए।
मैले बोहरालाई पनि मासु, चिउरा दिए। उनले खाने क्रममा जथाभावी बोलेपछि छोरा खाना लिई टिभी भएको अर्को कोठामा गयो। मैले भाँडा माझ्दै गर्दा बोहरा र छोरीबीच कोठामा अवेलासम्म किन बसेको भनी वादविवाद भएको सुनेपछि छोरीलाई पनि टिभी हेरेर बस्नू भनी अर्को कोठामा जान भनें।
बोहरालाई मैले केही रकम तिर्न समेत बाँकी थियो। म किचन कोठामा गई सोचविचार गरी ‘अब ठीक पार्नुपर्छ, मौका यही हो’ भनी दहीमा ५ वटा स्लीपिङ ट्याब्लेट घोली खान दिएँ। त्यसको अन्दाजी एक घण्टा जति पछि कोठाको भुइँमा उत्तानो परेर खुट्टा सीधा राखेर सुत्दै उनी ‘मेरो मिशन खत्तम भयो’ भन्दै कराउन थाले। मैले किचनबाट ह्याम्मर ल्याएर उनी सुतेको कोठामा आएर कपडा बाहिरैबाट अण्डकोष, लिङ्ग नजिक ४/५ पटक जति प्रहार गरें।
बोहराको हत्या गर्दा मुडभरीमा मानवीय संवेदनाको कुनै अंश नरहेको भन्दै अदालतले अपराध संहिता, दफा ४१ अनुसारको सजाय तोकेको हो। दफा ४१ अनुसार, यस्तो अपराधमा कसूरदार जीवित रहेसम्म कैद बस्नुपर्नेछ।
अब उनी चलमलाउन छाडेपछि अन्दाजी तीन–चार मिनेटपछि बेडमा भएको कालो रङको सलले निजको घाँटीमा बेस्सरी कसी अठ्याएँ। ‘अब यो मर्यो, खत्तम भयो’ भन्ने विश्वास भएपछि मैले दुवै हातको कुममा समाई थोरै घिसार्दै कोठामा रहेको एट्याच ट्वाइलेट बाथरुममा तानी आधा जति शरीर बाथरुम भित्र छिराएँ।
...(यहाँ मुडभरीले हतियारले शरीरबाट टाउको, जीउ र खुट्टा कसरी छुट्याइन्, भनेकी छन्।)
... राति अन्दाजी २२ः०० बजे टाउको र खुट्टा भएको जेब्रा झोला नवज्योति मार्गमा रहेको खाली जमीनमा फ्याँकी कोठा फिर्ता आएँ। कोठामा केही छिन बसेपछि बाँकी रहेको भोड्का ग्लासमा हालेर खाएँ।
अन्दाजी ०२ः४५ बजेतिर बाथरुममा सुटकेसमा प्याक गरी राखेको बडी उठाउन खोज्दा नसकेकाले छोरीलाई बोलाई धकेल्न लगाएँ। बोराको नाम्लो प्रयोग गरी बोकें। बाहिर पानी परिरहेकाले छोरीले छाता ओढाई। मृतक बोहराको शरीर भएको सुटकेस पश्चिमतर्फ सडक किनारामा फालेर कोठामा आयौं। त्यसपछि मैले हत्या गर्दा प्रयोग गरेको बुट्टे कुर्ता र कालो सुरुवाल खोली कपडा सफा गरी नुहाइधुवाइ गरी बसें।
मैले ‘अब भाग्नुपर्छ’ भनेर चिनेजानेको एम्बुलेन्स चालकलाई फोन गरें। चालकले यतिवेला आउन सम्भव छैन भन्यो। भोलिपल्ट ती चालकलाई मेरो डेरा अगाडि बोलाई अन्दाजी साढे सात बजेतिर म, छोरी र छोरा चितवन माइतीघरतर्फ गयौं। र, माइतीबाटै २६ साउनमा प्रहरीले पक्राउ गर्यो।
(कल्पना मुडभरीले प्रहरीमा दिएको बयानको सम्पादित अंश)
फैसलाको पूर्णपाठ :