टाटा नेक्सनको इलेक्ट्रिक एसयूभी नेपाल भित्रियो
![टाटा नेक्सनको इलेक्ट्रिक एसयूभी नेपाल भित्रियो](https://www.himalkhabar.com/uploads/posts/800X600/TATA_Nexon_EV_-_PreBooking_1624429088.jpg)
नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘नेक्सन इलेक्ट्रिक एसयूभी’ नेपाल भित्र्याएको छ।
कम्पनीले यसको छिटै बुकिङ खुलाउने तयारी गरेको छ। एक पटक चार्ज गरेपछि २५० किलोमिटर यात्रा गर्न सकिने यो गाडी जिपट्रोन प्रविधिमा आधारित छ। नेक्सन इलेक्ट्रिकको सन् २०२० जनवरीबाट भारतमा बिक्री शुरू भएको थियो।
सात इन्चको हर्मन इन्फोटेन्मेट प्रणाली भएको नेक्सनमा एन्ड्रोइड अटो र एप्पल प्ले पनि प्रयोग गर्न सकिन्छ। यसमा ड्राइभ र स्पोर्ट्स गरी दुई ड्राइभ मोड छ।