दायित्व नेपालले ४ मन्त्रालय र योजना आयोगको नीति अनुसन्धान गर्ने
दायित्व नेपालले ८ देशमा प्रशिक्षित १०६ मध्ये ६ जना ‘फेलो’ छनोट गरेको छ।
यी फेलोले अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र योजना आयोगको नीति अनुसन्धान गर्ने भएका हुन्।
कार्यक्रम नेपाल राष्ट्र ब्यांकका गर्भनर महाप्रसाद अधिकारीले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा बोल्दै अधिकारीले युवाको सहभागितामा हुने अनुसन्धानले प्रणालीको सुधारमा सघाउ पुर्याउने बताए।
सन् २०१३ देखि दायित्वले सरकारको सहकार्यमा ४० सरकारी निकायको नीति अनुसन्धान गरेको छ।