सगरमाथामा मृत्यु भएका आरोहीको शव काठमाडौं ल्याइयो
![सगरमाथामा मृत्यु भएका आरोहीको शव काठमाडौं ल्याइयो](https://www.himalkhabar.com/uploads/posts/800X600/dead_body_everest_(4)_1622373004.jpg)
सगरमाथा आरोहणका क्रममा मृत्यु भएका एक जना आरोहीको शव दुई सातापछि काठमाडौं ल्याइएको छ।
अमेरिकी नागरिक पुवे लिउको शव आइतबार काठमाडौं ल्याइएको हो। २९ वैशाखमा उनीसँगै स्वीट्जरल्यान्डका अब्दुल वारिचले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका थिए।
अमेरिकी आरोही लिउको सात हजार ९०० मिटरको उचाइमा हिउँ ‘ब्लाइन्डनेस’ र थकानबाट मृत्यु भएको थियो। उनको आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेक्सले शव परीक्षणपछि परिवारजनलाई बुझाइने जनाएको छ।
![](https://www.himalkhabar.com/uploads/editor/Mountaineering/dead%20body_everest%20%281%29.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Mountaineering/dead%20body_everest%20(2).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Mountaineering/dead%20body_everest%20(3).jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Mountaineering/dead%20body_everest%20(5).jpg)