२०.७१ अंकले बढ्यो शेयर बजार
सोमबार शेयर बजार परिसूचक (नेप्से) २०.७१ अंकले बढेको छ । बढेको बजार २७५९.२२ अंकमा पुगेर रोकिएको हो ।
आज २१८ कम्पनीको १ करोड ९० लाख कित्ता शेयर खरीद–बिक्री हुँदा ९ अर्ब ५७ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सोमबार ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४.४५ अंकले बढेर ४९२.५९ बिन्दुमा पुग्यो ।
विकास बैंक, होटल तथा पर्यटन क्षेत्र र उत्पादनबाहेक सबै समूहको सूचक उकालो लागेको छ ।
सोमबार रुरु जलविद्युत्को शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, समता घरेलु लघुवित्त, राधी विद्युत् कम्पनी, कर्पोरेट विकास ब्यांक लगायत १० कम्पनीको शेयर ९ प्रतिशत बढीले उकालो लागेको छ।