भ्रष्टाचार गर्नेलाई कुनै हालतमा छाडिन्नः ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीका बेला भ्रष्टाचार गर्नेलाई सरकारले कुनै पनि हालतमा नछाड्ने बताएका छन्।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा बोल्दै उनले भ्रष्टाचार जस्तो अपराध कुनै पनि हालतमा क्षम्य नहुने बताए। “यस्तो महामारीको साझा संकटका बेला यसमा पनि कसैले भ्रष्टाचार गर्छ भने त्यस्तो अपराध कुनै पनि हालतमा क्षम्य हुँदैन र हामी छूट दिनेवाला छैनौं,” प्रधानमन्त्री ओलीले भने, “त्यसमा छानबिन हुन्छ र दोषी पाइयो भने कारबाही हुन्छ।”
महामारीका बेला जनताको जीवनरक्षा सरकारको पहिलो प्राथमिकतामा रहेको उनको भनाइ थियो।