अझै पनि पार्टी जोगाउने समय छः योगेश भट्टराई
नेकपा (एमाले) वरिष्ठ नेता माधव नेपाल पक्षका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षसँगको छलफल सकारात्मक भएको बताएका छन्।
ओली पक्षका नेता विष्णु पौडेलसँग भट्टराई, घनश्याम भुसाल र गोकर्ण विष्टबीच केही बेरअघि सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा छलफल भएको थियो।भट्टराईले भने, “छलफल सकारात्मक छ, आशा गरौं, अझै पनि पार्टी जोगाउने समय छ।”
पार्टी जोगाउन सहयोग पुग्छ भनेर आफूहरूले आज संसद् बैठकमा उपस्थित नहुने निर्णय गरेको उनको भनाइ छ। भट्टराईले भने, “देशभरिका मान्छेहरूले, सदस्यहरूले एमालेको एकता चाहेका छन्, त्यो कुरालाई कसैले पनि नजर अन्दाज नगरोस्।”