मुक्तिनाथ विकास ब्यांकको ‘क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमा बचत योजना’
मुक्तिनाथ विकास ब्यांकले ‘मुक्तिनाथ जीवन वरदान योजना’ अन्तर्गत तीन नयाँ बचत खाताहरु सञ्चालनमा ल्याएको छ ।
यस योजना अन्तर्गत मुक्तिनाथ जीवन वरदान, मुक्तिनाथ जीवन वरदान प्लस र मुक्तिनाथ जीवन वरदान प्रिमिमयम खाताहरु रहेका छन् ।
यस योजना अन्तर्गत ग्राहकले रु १० हजार न्यूनतम मौज्दातमा रु पाँच लाख सम्मको क्यान्सर रोग उपचार बीमा वा रु १० लाख सम्मको दुर्घटना मृत्यु बीमा को सुविधा प्राप्त गर्नेछन् ।
साथै, रु २० हजार न्यूतम मौज्दातमा रु पाँच लाख सम्मको क्यान्सर रोग उपचार र रु १० लाख सम्मको दुर्घटना मृत्यु बीमा गरी दुवै सुविधा प्राप्त गर्न सक्नेछन् ।
ब्यांकले अतिरिक्त दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी), निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल ब्यांकिङ सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निःशुल्क भिसा डेविट कार्ड लगायतका सेवा पनि उपलब्ध गराएको छ ।
भिसा नेटवर्क अन्तर्गत करिब तीन हजार एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । ब्यांकिङको यो सेवा ११४ वटै शाखाहरुबाट लिन सकिने छ ।
यो बचत खाता खोल्ने ग्राहकका लागि बैंकले कराना अनलाइन स्टोरसँग सहकार्य गरी रु पाँचसय बराबरको किनमेलको भौचर सुविधा पनि उपलब्ध गराएको छ ।
हाल यो सुविधा काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्ला अन्तर्गतका शाखा कार्यालयहरुमा मात्र उपलब्ध हुने ब्यांकिङले जनाएको छ ।