काठमाडौंमा ३५ हजार सक्रिय संक्रमित
काठमाडौं उपत्यकामा कोरोनाभाइरस (कोभिड-१९)को सक्रिय संक्रमितकाे संख्या करीब ३५ हजार पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, शुक्रबारसम्म काठमाडौंमा २५ हजार ९४०, ललितपुरमा पाँच हजार ४२९ र भक्तपुरमा तीन हजार २५२ सक्रिय संक्रमित छन्।
देशभरि सक्रिय संक्रमित ७८ हजार ६२९ पुगेका छन्।काठमाडौं उपत्यकामा एक लाख ४० हजार संक्रमित निको भइसकेका छन्।