मधेस आन्दाेलनका १५ मुद्दा फिर्ता लिने सरकारको निर्णय
![मधेस आन्दाेलनका १५ मुद्दा फिर्ता लिने सरकारको निर्णय](https://www.himalkhabar.com/uploads/posts/800X600/Parbat-gurung_1600676904.jpg)
मधेस आन्दोलनका क्रममा लगाएका १५ वटा फौजदारी मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेको छ।
बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जनता समाजवादी पार्टी (जसपा)का नेता तथा कार्यकर्तासँग सम्बन्धित १५ मुद्दा फिर्ता लिने सरकारले निर्णय गरेको बताए। जसमा १२० जनालाई प्रतिवादी बनाइएको थियो।
कानूनी हिसाबले फिर्ता लिन सकिने सरकारी वादी मुद्दा फिर्ता लिएको उनले बताए। अहिले जसपाका नेता तथा कार्यकर्तासँग सम्बन्धित मुद्दा फिर्ता लिएको र यो क्रम जारी रहने उनको भनाइ छ।
![](https://www.himalkhabar.com/uploads/editor/Law-and-Court/mudda_1.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Law-and-Court/mudda.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Law-and-Court/mudda_3.jpg)