एक महीना विद्यालय बन्द गर्ने सरकारको निर्णय, सभा-जुलुस पनि गर्न नपाइने
सरकारले नोबेल कोरोनाभाइरस (कोभिड–१९) बाट प्रभावित शहरहरूमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्न नपाइने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले वैशाख महीनाभरि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हिमालखबरलाई जानकारी दिए।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले ११ वटा प्रमुख शहरमा विद्यालय बन्द गर्न सिफारिश गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसअघि नै काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, बारा, पर्सा, कैलाली, दाङ, सुर्खेत, बाग्लुङ र मोरङमा विद्यार्थीहरूलाई विद्यालय नजान आह्वान गरेको थियो।
त्यस्तै, फिल्म हल, दोहोरी साँझ, रात्रिकालीन व्यावसाय, जीमखाना खाेल्न नपाइने र रंगशालामा दर्शक लैजान नपाइने मन्त्री ज्ञवालीले बताए।
उनका अनुसार, सभा, जुलुस, समारोहजस्ता भीडभाड हुने गतिविधि समेत गर्न पाइनेछैन।