कलाकारहरूकाे फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ
![कलाकारहरूकाे फेसबुक ह्याक गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ](https://www.himalkhabar.com/uploads/posts/800X600/Deepa_Saroj_1617711924.jpg)
नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको फेसबुक आइडी ह्याक गरेर रकम मागेको आरोपमा १४ वर्षीय बालक पक्राउ परेका छन्।
पर्साको बहादुरमाई नगरपालिका -५ बस्ने बालक सोमबार पक्राउ परेको प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोका प्रवक्ता नविन्द अर्यालले जानकारी दिए।
स्रोतका अनुसार कलाकारहरू सरोज खनाल, दीपाश्री निरौला, दयाराम पाण्डे, सुशील नेपाल लगायतको फेसबुक ह्याक गरेर रकम माग गरेका थिए।
काठमाडौं जिल्ला अदालतसँग अनुमति लिएर पक्राउ गरिएको र आरोपीलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही हुने प्रवक्ता अर्यालले बताए।