धुलिखेल माउण्टेन रिसोर्टमा मुक्तिनाथ विकास ब्याङ्कका ग्राहकलाई विशेष छुट
मुक्तिनाथ विकास ब्याङ्क लिमिटिड र धुलिखेल माउण्टेन रिसोर्ट, धुलिखेलबीच सम्झौता भएको छ ।
सम्झौता बमोजिम ब्याङ्ंकका भिजा डेबिट कार्ड भएका सबै ग्राहकले रिसोटका विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौतापत्रमा मुक्तिनाथ विकास ब्याङ्कका बजारीकरण विभागका प्रमुख वसन्त बक्सी र रिसोर्टका बजारीकरण विभागका अधिकृत भगीरथ प्रताप सिंहले हस्ताक्षर गरेका छन् ।
ब्यााङ्कले ११४ शाखा र २२ वटा एटीएम मार्फत सेवा प्रवाह गरिरहेको छ ।