कवि विमला तुम्खेवा रू. एक लाख नगदसहित पुरस्कृत हुँदै
![कवि विमला तुम्खेवा रू. एक लाख नगदसहित पुरस्कृत हुँदै](https://www.himalkhabar.com/uploads/posts/800X600/Bimala-Tumkhewa_1608556913.jpg)
कवि विमला तुम्खेवा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतबाट पुरस्कृत हुने भएकी छिन्।
प्रतिष्ठानले सोमबार ‘प्रतिभा पुरस्कार २०२०’ को घोषणा गर्दै कवि तुम्खेवा नगद एक लाख रूपैयाँसहित पुरस्कृत हुने जनाएको छ।
उनीसँगै वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद् राजेन्द्र विमल (जनकपुरधाम) ताम्रपत्र र ५० हजार नगद सहित सम्मानित हुने भएका छन्।
पुरस्कृत कवि तुम्खेवा लामो समयदेखि कविता लेखन तथा पत्रकारितामा सक्रिय रहँदै आएकी छिन्। उनले पछिल्लो समय आख्यान लेखनमा समेत कलम चलाउन थालेकी छिन्।
कवि विमला तुम्खेवाका कविताहरू, नदी, छाल र तरङहरू, हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे कविता संग्रह लगायत प्रकाशित छ।