प्रधानमन्त्रीको कदमविरुद्ध उत्रिन बाबुराम भट्टराईको आग्रह
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध उत्रिन आग्रह गरेका छन्।
आइतबार सरकारले गरेको संसद विघटनको सिफारिस असंवैधानिक भएको भन्दै सबै राजनीतिक दल र लोकतान्त्रिक पक्ष मिलेर यो कदमविरुद्ध उत्रिनुपर्ने उनले बताएका छन्।
सामाजिक सञ्जालमा भिडिओमार्फत् नेपाली कांग्रेसलगायत सम्पूर्ण राजनीतिक दल र नेकपाभित्रकै लोकतान्त्रिक पक्षधरहरू पनि प्रधानमन्त्रीको कदमविरुद्ध लाग्नुपर्ने भट्टराईले बताएका छन्।उनले नेपालको शासकीय प्रणालीमा सुधार गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद हुनुपर्छ भन्दै आएकोमा त्यही त्रुटीका कारण यस्तो अवस्था आएको पनि बताएका छन्।
उनले भनेका छन्, “नेपालको शासकीय प्रणालीमा सुधार गर्नुपर्छ, त्यसको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक संसद हुनुपर्छ भन्ने हाम्रो धारणा हाे। मैले व्यक्तिगत रूपमा निरन्तर भन्दै आएको थिएँ, अहिलेको प्रधानमन्त्रीको कदमले त्यही त्रुटी र त्यसलाई सच्याउनुपर्छ भन्ने फेरि एक पटक देखाएको छ।”
आजको कदमविरुद्ध सहकार्य गर्न सबै राजनीतिक दल र सचेत सबै नागरिक लाग्न उनले आह्वान पनि गरेको छन्।