पशुपति परिसरमा यसरी छरियो सतबीज (तस्वीरहरु)
![पशुपति परिसरमा यसरी छरियो सतबीज (तस्वीरहरु)](https://www.himalkhabar.com/uploads/posts/800X600/sadbou_1_1607835050.jpg)
परिवारका दिवंगत सदस्यको सम्झनामा बाला चतुर्दशीको अवसरमा आज बिहान पशुपति परिसरमा सतबीज छरिएको छ।
बाला चतुर्दशीका दिन प्रत्येक वर्ष पशुपति परिसर लगायत तीर्थस्थलमा दिवंगत व्यक्तिका नाममा सतबीज छर्ने गरिन्छ। कोरोनाभाइरस महामारीका कारण अघिल्ला वर्षझैँ यो वर्ष सतबीज छर्नेको ठूलो घुइँचो भने लागेन।
यसअघि शनिबार साँझ दिवंगतका परिवारले तेल बत्ती बालेका छन्। प्रहरीका अनुसार हिजो साँझ ६ बजेसम्म मात्र तेलको बत्ती बाल्न दिने भनिएको थियो। तर, ६ बजेपछी पनि भक्तजनहरु आएपछि हटाएका थिए।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/culture/sadbou%202.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/culture/sadbou%203.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/culture/sadbou%204.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/culture/sadbou%205.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/culture/sadbou%206.jpg)
![](https://www.himalkhabar.com/uploads/editor/Culture/culture/sadbou%207.jpg)