टाटा मोटर्सको डिसेम्बर ब्लेजिङ्ग एक्सचेन्ज कार्यक्रम शुरू
![टाटा मोटर्सको डिसेम्बर ब्लेजिङ्ग एक्सचेन्ज कार्यक्रम शुरू](https://www.himalkhabar.com/uploads/posts/800X600/TATA_Motors_-_December_Blazing_Fest_1607693078.jpg)
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले डिसेम्बर ब्लेजिङ्ग एक्सचेन्ज कार्यक्रमकोे आयोजना गरेको छ।
शुक्रबारदेखि शुरू भएको कार्यक्रम भोलि, शनिबासम्म चल्नेछ। थापाथलीस्थित टाटा मोटर्सको सोरुममा आयोजित कार्यक्रममा ग्राहकले नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अल्ट्रोज, एच फाईभ, नेक्सन, टियागो र टिगोर लगायतका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्।
कार्यक्रममा टाटाको जुनसुकै गाडीको खरीदमा आकर्षक नगद छुट, ५० हजारसम्मको एक्सचेन्ज बोनस, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्यांकन र टेष्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेका कम्पनीले जनाएको छ।
कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा पुगी नयाँ गाडी खरीद गरेर भरपुर फाइदा उठाउन अनुरोध गरेको छ।