कोरोना संक्रमित सशस्त्र प्रहरी निरीक्षकको मृत्यु
कोरोना संक्रमण भएका एक सशस्त्र प्रहरी निरीक्षकको मोरङमा उपचारका क्रममा आज बिहान मृत्यु भएको छ।
सशस्त्र प्रहरी गण ३ नम्बर हेड क्वाटर मोरङमा कार्यरत ३२ वर्षीय प्रहरी निरीक्षकको विराट मेडिकल कलेज बुढीगंगा गाउंपालिका मोरङमा उपचारका क्रममा मृत्यु भएको हो। गएको २६ कात्तिक राति ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएकाले उनलाई अस्पताल भर्ना गरिएको थियो। २७ कात्तिकमा उनको कोरोना संक्रमण पुष्टी भएको थियो।
तेह«थुम घर भएका उनी १० वर्षदेखि सशस्त्र प्रहरीमा थिए। सशस्त्र प्रहरी उपरिक्षक तीर्थ पौडेलका अनुसार उनको परोपकार घाट विराटनगरमा दाहसंस्कार गरिने तयारी छ। बुढाथोकीका परिवारका सदस्य शव व्यवस्थापनका लागि तेह«थुमबाट विराटनगर आउंदै गरेको उनले जानकारी दिए।
-कमल रिमाल/विराटनगर