उपरथी ढकाल र खड्कालाई दर्ज्यानी चिन्ह प्रदान
![उपरथी ढकाल र खड्कालाई दर्ज्यानी चिन्ह प्रदान](https://www.himalkhabar.com/uploads/posts/800X600/Santosh-Dhakal-sahadev-khadka-rathi_1605858158.jpg)
हालै बढुवा भएका नेपाली सेनाका उपरथी सन्तोषकुमार ढकाल र सहदेव खड्कालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
३ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सहायक रथीबाट उपरथीमा बढुवा भएका ढकाल र खड्कालाई शुक्रबार जंगीअड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरे।
उपरथीमा बढुवा भएका ढकाललाई पूर्वी पृतना हेडक्वार्टरको पृतनापति तथा खड्कालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा पदस्थापन गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
शुक्रबार नै सहायक रथी दर्जामा बढुवा भएका ४ जना महासेनानीहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको निर्देशनालयले जनाएको छ।