प्रधानमन्त्री ओलीले बहिनी कौशल्याको हातबाट टीका लगाए
![प्रधानमन्त्री ओलीले बहिनी कौशल्याको हातबाट टीका लगाए](https://www.himalkhabar.com/uploads/posts/800X600/Oli-Bhaitika-1_1605517289.jpg)
प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट तिहारको टीका लगाएका छन्। उनले प्रधानमन्त्री निवास बालुवाटारमा नै टीका लगाएका हुन्। आफ्ना दाजुलाई टीक लगाउन बहिनी कौशल्या बालुवाटार पुगेकी थिइन्।
कोराना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले एक जना मात्र बहिनीबाट प्रधानमन्त्री ओलीले टीका लगाएका उनका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/Oli-Bhaitika-2.jpg)
प्रधानमन्त्री ओलीले पनि बहिनी कौशल्यालाई टीका लगाइ उपहार प्रदान गरे। कोरोना संक्रमणलाई ध्यान राख्दै टीका लगाउने क्रममा दुवैले मास्क लगाएका थिए।
![](https://www.himalkhabar.com/uploads/editor/Culture/Oli-Bhaitika-3.jpg)