राष्ट्रपति भण्डारीद्वारा ‘मैले बुझेको गान्धी’ लोकार्पण
![राष्ट्रपति भण्डारीद्वारा ‘मैले बुझेको गान्धी’ लोकार्पण](https://www.himalkhabar.com/uploads/posts/800X600/Maile_bujheko_gandhi_1605020539.JPG)
राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मैले बुझेको गान्धी’ नामक पुस्तक लोकार्पण गरेकी छिन्। भारतीय राजदूतावासले बीपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा प्रकाशन गरेको सो पुस्तक राष्ट्रपति भवनमा आयोजित एक समारोहको बीचमा लोकार्पण गरिएको हो।
महात्मा गान्धीको १५१औं जन्मजयन्ती तथा दुई वर्षे लामो ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनको अवसरमा ‘मैले बुझेको गान्धी’ नामक सचित्र पुस्तकको लोकार्पण गरिएको हो। सो कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राको पनि उपस्थिति थियो।
नेपालीसँग गान्धी शिक्षाका मूल्य मान्यताको सम्झनामा यस पुस्तकले विश्वपुरुष गान्धीका बारेमा पहिलोपटक विशिष्ट नेपाली दृष्टिकोणलाई एकै ठाउँमा ल्याएको बताइएको छ। गान्धीका योगदानका बारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वहरुको विचारलाई यस पुस्तकमा समावेश गरिएको छ।