अल्गोरिदमले दिक्क बनाएको भन्दैं लसद्वारा सामाजिक सञ्जालबाट बाहिरिने निर्णय
बेलायतको प्रसिद्ध सौन्दर्य प्रशाधन कम्पनी लसले सामाजिक सञ्जालबाट बाहिरिने निर्णय गरेको छ ।
सामाजिक सञ्जाल फेसबूक, ट्विटर र इन्स्टाग्राममा सूचना पोष्ट गर्दै लसले यस्तो जानकारी दिएको हो ।
यो कम्पनी खासगरि नुहाउने समयमा प्रयोग गरिने साबुन लगायतका अन्य प्रशाधन निमार्णमा नामी मानिन्छ ।
“सामाजिक सञ्जालका अल्गोरिदम (कलन विधी)हरुसँग सामना गर्दागर्दै हामी थाक्यौं”, कम्पनीले लेखेको छ, “हामी न्युजफिडमा देखिएवापत् केहि भुक्तान गर्न पनि चाँहदैंनौ ।”
सामाजिक सञ्जालमा कुराकानी गर्नु दिनानुदिन गाह्रो बन्दैं गएको कम्पनीको भनाइ छ ।
लुसका इन्स्टाग्राममा करिब ५७०,०००, ट्विटरमा २००,००० र फेसबूकमा ४००,००० मा फलोअर्स छन् ।
कम्पनीले निरन्तर आफ्ना उत्पादनहरुको बजार प्रवद्र्धनमा सामाजिक सञ्जालहरुको प्रयोग गर्दै आएको थियो ।
“सामाजिक सञ्जालहरुलाई बिदा गर्दै अब हामी कुराकानीका लागि पछाडि फर्किएर समुदायमै जान चाहान्छौं”, लसले भनेको छ । यसका लागि कम्पनीले आफ्नो वेबसाइटमा लाइभ च्याट, इमेल र फोनमार्फतमै संवाद गर्ने उल्लेख छ ।