ओप्पो ए३७ को मूल्य घट्यो
ओप्पो डिएस प्रालिले आफ्नो स्मार्टफोन मोडल ‘ए३७’को नयाँ मूल्यको घोषणा गरेको छ । कम्पनीका अनुसार अब उपभोक्ताले ५ ईञ्च आईपीएस डिस्प्ले सहितको ओप्पो ‘ए३७’ रु. २० हजार ४९० मा खरिद गर्न सक्नेछन् । कम्पनीले फोनको मूल्यमा रु दुई हजार दुई सय कटौती गरेको हो।
५ मेगापिक्सेलको फ्रण्ट फेसिङ क्यामेरा सहितको ‘ए३७’मा अटो फोकस सुविधा सहितको ८ मेगा पिक्सेल क्षमताको रियर क्यामेरा उपलब्ध गरिएको छ । फोनमा कम्पनीले २ जीबी र्याम र १६ जीबी रोम छ । अतिरिक्त सञ्चय क्षमताको आवश्यता परेमा प्रयोगकर्ताले फोनमा एसडी कार्डको माध्यमबाट १ सय २८ जीबी सम्म सञ्चय क्षमता बढाउन सकिने कम्पनीले जनाएको छ।
एण्ड्रोइडमा आधारित कलर ओएस ३.० सहितको फोनमा कम्पनीले २ हजार ६ सय ३० एमएएच क्षमताको ब्याट्री जडान गरेको छ । मेटालिक यूनिबडी सहित आकर्षक डिजाइनमा उपलब्ध यो फोन यूवा पुस्ता माझ लोकप्रिय छ।