पहिलो दिनको नियमित उडानबाट ४९७ जना स्वदेश भित्रिए
![पहिलो दिनको नियमित उडानबाट ४९७ जना स्वदेश भित्रिए](https://www.himalkhabar.com/uploads/posts/15848070421581347006airpot12.jpg)
पहिलो दिनको नियमित उडानबाट ४९७ जना स्वदेश भित्रिएका छन्। बुधबारबाट शुरू भएको नियमित उडानमा नेपाल एअरलाइन्सले जापानबाट १२० जना, हिमालय एअरलाइन्सले माल्दिभ्सको मालेबाट १३६ जना र मालिन्दो एअरले मलेसियाको क्वालालम्पुुरबाट १३३ जना यात्रुलाई नेपाल भित्र्याएको हो।
कोभिड—१९ संक्रमणको जोखिम न्यूनिकरण गर्न सरकारले ९ चैतदेखि रोकेको नियमित अन्तर्राष्ट्रिय उडान आजबाट शुरू भएको हो।
सरकारको गरेको २६ साउनको निर्णय अनुसार १७ भदौबाट नियमित अन्तर्राष्ट्रिय उडान खुला गरेको छ। सरकारले ५ महीनापछि खुला गरेको नियमित उडानपछिको पहिलो व्यवसाययिक उडान नेपाल वायुसेवा निगमबाट शुरू भएको छ।
निगमको जहाज काठमाडौंबाट जापानको नारिता गएको थियो। यो जहाजले बुधबार राति १ बजे काठमाडौंबाट ४७ जना यात्रु लिएर गएको र आजै साँझ ५ बजे फर्कदा २१० जना यात्रु ल्याएको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन्।