प्रम ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता
![प्रम ओली र भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता](https://www.himalkhabar.com/uploads/posts/15974793561586510844oli_modi.jpg)
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले मोदीसँग टेलिफोन वार्ता गरेको बताए।
तर, सम्वादबारे भने परराष्ट्र मन्त्रालयले सूचना सार्वजनिक गर्ने थापाले बताए। कोभिड–१९ को रोकथामबारे दक्षिण एसियाली राष्ट्रका कार्यकारी बीच संयुक्त सम्वाद भएयता दुई प्रधानमन्त्रीबीच कुराकानी हुन सकेको थिएन।
केही दिन अगाडि प्रधानमन्त्री ओलीले एक टेलिभिजनमार्फत् सीमा समस्या कुटनैतिक माध्यमबाट हल हुने अभिव्यक्ति दिएका थिए। लिम्पियाधुरा सहितको भूमि समेटेर सरकारले नक्सा जारी गरेपछि पहिलो पटक मोदीसँग प्रधानमन्त्री ओलीले सम्वाद गरेका हुन्।