बाँके राष्ट्रिय निकुञ्जका वार्डेनसहित दुईजना अख्तियारको नियन्त्रणमा
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई अख्तियारले पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई स्रोत नखुलेको रकमसहित आज रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नम्बर १० बाट पक्राउ गरेको हो।
अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार उनीहरूको साथबाट रु. ३ लाख ४८ हजार नगद र ५ लाख ५० हजारका विभिन्न मितिका ब्यांक भौचर गरी ८ लाख ९८ हजार नगद बरामद भएको छ।
आयोगले उनीहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ। प्रमुख संरक्षण अधिकृत भट्टराईलाई सगरमाथा राष्टिय निकुञ्जबाट वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गत वर्ष बाँके राष्टिय निकुञ्जमा पठाएका थिए।