समाचार शनिबार, साउन १७, २०७७

कांग्रेसका भातृ संगठनहरूको पदावधि ६ महीना थप, आगामी केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गरिने

हिमालखबर

कांग्रेसका भातृ संगठनहरूको पदावधि ६ महीना थप, आगामी केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गरिने

नेपाली कांग्रेसले पार्टीका भातृ संगठनहरूको म्याद थप गरेको छ। पार्टी महाधिवेशनको तयारीमा रहेको कांग्रेसले पार्टीका विभागहरू विस्तारको कामलाई तिव्रता दिइरहेको छ भने संघहरू म्याद ६ महीना थप गरेको हो।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले आगामी केन्द्रीय कार्यसमितिको बैठकबाट अनुमोदन गर्नेगरी म्याद समाप्त भएको मितिबाट ६ महीनाका लागि म्याद थप गरेको जनाएको छ।

नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको भन्दै मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ति जारी गरेर म्याद थप गरेका हुन्।

प्रतिकृया दिनुहोस