खेलकुद विहीबार, साउन १५, २०७७

राखेपका सदस्य सचिव सिलवाल र उपाध्यक्ष कोइरालाले लिए पद तथा गोपनीयताको शपथ

हिमालखबर

राखेपका सदस्य सचिव  सिलवाल र उपाध्यक्ष कोइरालाले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल र उपाध्यक्ष शिव कोइरालाले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

युवा तथा खेलकुद मन्त्रालयमा भएको कार्यक्रमा सचिव सिलवाल र उपाध्यक्ष कोइलालाई युवा तथा खेलकुद मन्त्री तथा तथा राखेपका अध्यक्ष जगत बहादुर विश्वकर्माले शपथ गराएका हुन्।

राखेपको १९औं सदस्य सचिव पदमा नियुक्त सिलवालले आफ्नो अघिल्लो कार्यकालमा बाँकी रहेका कामलाई निरन्तरता दिँदै खेल र खेलाडीको हितमा काम गर्ने बताए। नेपालको खेलकुद जगतलाई विश्वले हेर्नेगरी आकर्षित रुपमा अगाडी बढाउने उनको दाबी छ।

खेलकुदलाई खेलकुदका रुपमा मात्रै सीमित नगरी यसलाई जीवनको अनुभव बनाउनका लागि काम गर्ने उनले बताए।

युवा तथा खेलकुद मन्त्रालयले मन्त्रालयकै सचिवको नेतृत्वमा गठन गरेको तीन सदस्यीय समितिले सिफारिस गरेका मध्येबाट सिलवाललाई सोमबार मन्त्रीपरिषदको निर्णयले सदस्य सचिव नियुक्त गरेको थियो।

शपद लगत्तै पदाबहालीका लागि सिलवाल बुधबार नै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कार्यालयमा पुगेका थिए। सिफारिस समितिले सदस्य सचिवका लागि सिलवालसहित अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो। नयाँ राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएसंगै सदस्य सचिवको पदावधि चार वर्षका लागि हुँनेछ।

प्रतिकृया दिनुहोस