उद्योग वाणिज्य महासंघमा चन्द्र ढकाल प्यानलको उम्मेदवारी घोषणा
नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन् । ढकालले आज एक कार्यक्रम गरेर आफ्नो प्यानलसहितको उम्मेदवारी घोषणा गरेका हुन्।
ढकाल समूहमा एशोसिएट उपाध्यक्षमा रामचन्द्र सांघाई, जिल्ला नगर उपाध्यक्षमा गुणनिधि तिवारी तथा वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ उम्मेदवार रहनेछन्।
ढकालले वरिष्ठ उपाध्यक्ष पदमा किशोर प्रधानसँग प्रतिस्पर्धा गर्नेछन्।
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै ढकालले आफू निर्वाचन जितेर शेखर गोल्छाको नेतृत्वको महासंघको टिममा काम गर्ने बताए । महासंघको आगामी कार्यकालको नेतृत्व अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले गर्नेछन्।
महासंघमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने प्रावधान छ । आगामी अध्यक्ष गोल्छाले भने वरिष्ठ उपाध्यक्ष पदमा प्रधानलाई सहयोग गर्ने संकेत दिइसकेका छन् । ढकालले भने यसअघि आफूले गोल्छालाई वरिष्ठ उपाध्यक्ष पदमा चुनाव जित्न सघाएको बताउँदै त्यसलाई नबिर्सन आग्रह गरेका छन्।