शनिबार ७० संक्रमित थपिए, ४३१ निको भए
गएको २४ घण्टामा कोभिड–१९ का ७० जना संक्रमित थपिएका छन्। शनिबार थपिएका सँगै संक्रमित संख्या १६ हजार ७९१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी गएको २४ घण्टामा ४३१ जना निको भएर घर फर्किएको जनाएको छ। यो सँगै निको भएर घर फर्कनेको संख्या आठ हजार ४४२ जना छन्।
मन्त्रालयका अनुसार, अझै २४ हजार ९७ जना क्वारेन्टिनमा छन् भने आठ हजार २३९ जना आइसोलेसनमा छन्। मृतक संख्या ३८ रहेको छ। हालसम्म २५ प्रयोगशालाबाट दुई लाख ७९ हजार ५९९ जनाको पीसीआर परीक्षण गरिएको छ।